Latest Movie :
Recent Published Movies Here

अभिनेत्री श्वेता खड्काले सम्बन्ध फेरिन

काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समयपछि अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको परिवारसँगको सम्वन्धमा परिवर्तन गर्ने बताएकी छिन् ।6 सामाजिक सञ्जालमार्फत श्रीकृष्णको परिवारको फोटो राख्दै श्वेताले लेखेकी छन् ‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु । हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।
’ ‘म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले लेखेकीछिन् ।
स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्रीकृष्णको परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् । यसबाट श्वेता नयाँ घरजमको सोंचमा पुगेकी अनुमान गर्न थालिएको छ

Hot & sexy Jyoti Magar Live in Nijgadh


Hot jyoti Magar rocking stage

हट तथा सेक्सी गायिका तथा मोडेल ज्योति मगर सँग तातो गफ हेर्नुहोस ताजा अन्तर्वार्ता!! भिडियो!!!!

“Kera Katera” 2073 “Recording Report”

भोलिबाट भारतबाट ग्यास आपुर्ति रोकिँदै, नेपालका उद्योगहरु पनि बन्द हुने

काठमाडौं । लामो समय नाकाबन्दी भोग्न बाध्य आम नेपालीलाई फेरि ग्यासको समस्या पर्ने देखिएको छ । भोलिदेखि भारतबाट नेपालमा हुने ग्यासको आपूर्ति रोकिने भएको छ । ग्यास सिलिन्डरमा लापरवाही गर्ने एचपी ग्यासलाई गरिएको कारवाहीको विरोधमा ग्यास उद्योगीहरुले ग्यासको आयात रोक्ने जन विरोधी निर्णय गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले आफू अन्तरगतका उद्योगहरुलाई निर्देशन जारी गर्दै ग्यास नल्याउन निर्देशन दिएको हो । संघले नेपाल आयल निगमसँग नयाँ ग्यसका लागि पीडीओ नभर्न उद्योगहरुलाई निर्देशन दिएको छ ।
पीडीओ ग्यास उद्योगीले भारतीय आयल कर्पोरेशनसँग ग्यास किन्न नेपाल आयल निगममा जम्मा गर्ने अग्रीम भुक्तानीबापतको रकम हो । एउटा उदोगले एउटा पीडीओका लागि आयल निगममा १३ लाख रुपैयाँ जम्मा गर्नुपर्छ । यो रकम निगमले भारतीय आयल कर्पोरेशनलाई तिर्छ । अब उद्योगहरुले पीडीओ नभरेसम्म नेपालमा ग्यास आपूर्ति रोकिने निश्चित भएको हो ।
LPG TANKER
सिलिन्डर बिष्फोटको घटनापछि एचपी ग्यासको पीडीओ रोकेको विरोरधमा संघले कुनै उद्योगले पीडीओ नै नभर्ने निर्णय गरेका हुन् । अब केही दिन उद्योगहरुमा आजसम्म आएका र बाटोमा रहेका बुलेटबाट उद्योग चल्नेछन् । त्यसपछि भने उद्योग बन्द हुनेछ ।
उद्योगले पीडीओ नपाउँदा एचपीको सिलिन्डर प्रयोगकर्ताले ग्यास नपाउने स्थिति बनेको हो । आवश्यक छानबिनविनै कारबाही गरिएको भन्दै उद्योगीहरु सरकार विरुद्ध उत्रीएका हुन् ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले एचपीको पीडिओ रोक्ने निर्णय अन्यायपूर्ण भएको बताउँदै भारतबाटै ग्यास नल्याउने बताए ।
७ जेठमा ललितपुरको पाटनमा एचपीको सिलिन्डर पड्केर ३ जनाको मृत्यु भएपछि आपूर्ति मन्त्रालयले २ जेठमा पीडीओ रोक्का गर्ने निर्णय गरेको थियो । npsamachar बाट



यी हुन् काबुलमा मारिने १२ नेपाली (सूचीसहित)

यी हुन् काबुलमा मारिने १२ नेपाली (सूचीसहित)


मारिएका थप दुईजनाबारे अझै अलमल


काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपाली युवाको नाम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका हुन् ।

प्रवक्ता पौड्यालका अनुसार काबुलमा मारिएकामध्ये १२ जनाको मात्र पुष्टि भएको बताए । ‘१४ जना मारिएको सूचना आएपनि अन्य दुईजना विदेशी हुनसक्ने अनुमान छ’, उनले भने, ‘नेपालीसँग अनुहार मिल्दोजुल्दो भएपनि उनीहरु नेपाली नै भएको एकीन भएको छैन ।’

काबुल विस्फोटमा १४ जना मारिएको कुरा सरकारले जानकारी दिएको थियो । परराष्ट्र मन्त्री कमल थापाले पनि सोमबारको संसद् बैठकमा १४ नेपालीको ज्यान गएको जानकारी गराएका थिए ।


प्रवक्ता पौड्यालले काबुल जानका लागि पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल तयारी अवस्थामा रहेको जानकारी दिए । इस्लामावादबाट काबुल जाने जहाज बिहानै उड्ने भएकाले भोलि बिहानसम्म पाकिस्तानी दूतावासबाट अधिकारीहरु काबुल पुग्ने पौड्यालको भनाइ छ ।

‘पाकिस्तानस्थित हाम्रा अधिकारीहरु काबुल पुगेर शवलाई नेपाल फर्काउन तथा घाइतेको प्रभावकारी उपचारको पहल गर्नेछन्’, पौड्यालले भने, ‘घटनापछि सरकारले अफगान सरकारसँग निरन्तर सम्पर्क गरिरहेको छ । घाइतेको उपचारमा कुनै कसर नराख्न भनेका छौं ।’    annapurna बाट



Three Nepali girls performance in 'saal ko pata'




ओलीले बोलेको पूरा हुँदै, हावाबाट बिजुली निकाल्न सुरु

काठमाडौं, ५ असार । ‘हावाबाट विजुली निकालेर लोडसेडिङ देश मुक्त गर्छु’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद सम्हालेको केही दिनपछाडी मात्रै अर्थात ६ महिनाअघि घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीले घोषणा गरेको ६ महिनाको अन्तरालमा देशका दुई ठाउँमा हावाबाट विजुली निकाल्न सुरु गरिएको छ । केही समयअघि मकवानपुर जिल्लामा हावाबाट विजुली निकाल्न सुरु गरियो भने भर्खरै मात्र हिमाली जिल्ला मुस्ताङमा पनि हावाबाट विजुली उत्पादन भएको छ ।
‘हावाबाट विजुली निकाल्छु’ भन्दा प्रधानमन्त्रीले निकै आलोचना समेत खेप्नुपरेको थियो । उनलाई सामाजिक सञ्जालमा निकै उडाइएको थियो । तर, अहिले उनले घोषणा गरेको कुरा पूरा हुने लयमा छ ।
शुक्रबार मात्रै जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा बुद्ध पावर प्राली पोखराले हावाबाट बिजुली उत्पादन गर्न जडान गरेको प्रविधि गरेको छ । जसबाट विजुली उत्पादन समेत सुरु भइसकेको छ । दैनिक नेपालबाट


कपाल लामो बनाउने ६ घरेलु उपाय

कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ । प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं ः
प्याजको रस
प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर
बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल
नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह
कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती
कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ ।
प्याज र अण्डाको सेतो भाग
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् । -स्वास्थ्य खबरपत्रिका




Train from china to nepal


Chinese foreign minister Wang Yi is considering extending a rail line from the Tibetan capitol of Lhasa to Kathmandu in Nepal, and tunneling under Mount Everest to do so, AFP reports. The project would involve tacking on about 400 miles of rail to an already 1,200 mile track which takes 25 hours to traverse as it is. 

The move would provide easy transport in one of the trickiest terrains in the world, and increase China’s influence in the region.Historically, the mountain range that holds eight of the world’s fourteen peaks that top 8,000 meters in altitude has served as a practical and cultural barrier. Nepal has long been in India’s sphere of influence, but in recent years China has bought in to the struggling nation by investing in infrastructure such as roads and bridges. 

 According to state-run Chinese media outlets, Nepal has apparently responded favorably, requesting that the line be built. If tunneling under the world’s tallest mountain sounds like a difficult and involved ordeal, that’s because it is.

track lost mobile device using the IMEI number



The IMEI or MEID number for your mobile phone acts as a unique identifier for that device. No two devices will have the same IMEI or MEID, which makes it a very useful tool for tracking lost or stolen cell phones. You can quickly retrieve your phone's IMEI or MEID number in a variety of different ways, depending on your device. Open the Phone app. You can retrieve the IMEI/MEID number on virtually any phone by dialing in the universal code. This code is entered using your phone's Phone app or physical phone buttons.Whenever the phone is switched on after putting a SIM, it tries to register on network and phone's IMEI number is sent to service provider during this process. So service provider will come to know about the latest number inserted in phone and they can then track the phone. If there is no SIM in phone or phone is kept switched off, it cannot be traced with IMEI only.