काठमाडौं । लामो समय नाकाबन्दी भोग्न बाध्य आम नेपालीलाई फेरि ग्यासको समस्या पर्ने देखिएको छ । भोलिदेखि भारतबाट नेपालमा हुने ग्यासको आपूर्ति रोकिने भएको छ । ग्यास सिलिन्डरमा लापरवाही गर्ने एचपी ग्यासलाई गरिएको कारवाहीको विरोधमा ग्यास उद्योगीहरुले ग्यासको आयात रोक्ने जन विरोधी निर्णय गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले आफू अन्तरगतका उद्योगहरुलाई निर्देशन जारी गर्दै ग्यास नल्याउन निर्देशन दिएको हो । संघले नेपाल आयल निगमसँग नयाँ ग्यसका लागि पीडीओ नभर्न उद्योगहरुलाई निर्देशन दिएको छ ।
पीडीओ ग्यास उद्योगीले भारतीय आयल कर्पोरेशनसँग ग्यास किन्न नेपाल आयल निगममा जम्मा गर्ने अग्रीम भुक्तानीबापतको रकम हो । एउटा उदोगले एउटा पीडीओका लागि आयल निगममा १३ लाख रुपैयाँ जम्मा गर्नुपर्छ । यो रकम निगमले भारतीय आयल कर्पोरेशनलाई तिर्छ । अब उद्योगहरुले पीडीओ नभरेसम्म नेपालमा ग्यास आपूर्ति रोकिने निश्चित भएको हो ।
सिलिन्डर बिष्फोटको घटनापछि एचपी ग्यासको पीडीओ रोकेको विरोरधमा संघले कुनै उद्योगले पीडीओ नै नभर्ने निर्णय गरेका हुन् । अब केही दिन उद्योगहरुमा आजसम्म आएका र बाटोमा रहेका बुलेटबाट उद्योग चल्नेछन् । त्यसपछि भने उद्योग बन्द हुनेछ ।
उद्योगले पीडीओ नपाउँदा एचपीको सिलिन्डर प्रयोगकर्ताले ग्यास नपाउने स्थिति बनेको हो । आवश्यक छानबिनविनै कारबाही गरिएको भन्दै उद्योगीहरु सरकार विरुद्ध उत्रीएका हुन् ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले एचपीको पीडिओ रोक्ने निर्णय अन्यायपूर्ण भएको बताउँदै भारतबाटै ग्यास नल्याउने बताए ।
७ जेठमा ललितपुरको पाटनमा एचपीको सिलिन्डर पड्केर ३ जनाको मृत्यु भएपछि आपूर्ति मन्त्रालयले २ जेठमा पीडीओ रोक्का गर्ने निर्णय गरेको थियो । npsamachar बाट