Latest Movie :

ओलीले बोलेको पूरा हुँदै, हावाबाट बिजुली निकाल्न सुरु

काठमाडौं, ५ असार । ‘हावाबाट विजुली निकालेर लोडसेडिङ देश मुक्त गर्छु’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद सम्हालेको केही दिनपछाडी मात्रै अर्थात ६ महिनाअघि घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीले घोषणा गरेको ६ महिनाको अन्तरालमा देशका दुई ठाउँमा हावाबाट विजुली निकाल्न सुरु गरिएको छ । केही समयअघि मकवानपुर जिल्लामा हावाबाट विजुली निकाल्न सुरु गरियो भने भर्खरै मात्र हिमाली जिल्ला मुस्ताङमा पनि हावाबाट विजुली उत्पादन भएको छ ।
‘हावाबाट विजुली निकाल्छु’ भन्दा प्रधानमन्त्रीले निकै आलोचना समेत खेप्नुपरेको थियो । उनलाई सामाजिक सञ्जालमा निकै उडाइएको थियो । तर, अहिले उनले घोषणा गरेको कुरा पूरा हुने लयमा छ ।
शुक्रबार मात्रै जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा बुद्ध पावर प्राली पोखराले हावाबाट बिजुली उत्पादन गर्न जडान गरेको प्रविधि गरेको छ । जसबाट विजुली उत्पादन समेत सुरु भइसकेको छ । दैनिक नेपालबाट


Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account