मैले मन्त्रालयको जिम्मेवारी लिएपछि खानीको अध्ययन तथा अनुसन्धान गर्न अन्तारष्ट्रिय रुपमा आह्वान गरेअनुुसार चीन सरकारले चासो देखायो । अरु मोडेलमा भन्दा सरकार–सरकारबिच सहमति गरेर काम गर्ने निचोडमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबिच खानीको अध्ययन तथा उत्खनन्का गर्ने सहमति भयो ।
सहमतिअनुसार गएको मे १ तारिखमा चिनियाँ अनुसन्धान टोली नेपाल आयो । चिनियाँ टोलीले पहिलो चरणमा तीन ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नेगरी काम थालेको छ । टोलीले खानी तथा भूगर्व विभागले तयार पारेको प्रतिवेदनका आधारमा मोरङ, दैलेख र लुम्बिनी पहिलो चरणमा अध्ययन गर्नेछ ।
दैलेखको स्थलगत अध्ययनपछि अनुसन्धान टोली मंगलबारबाट मोरङको बाहुनीमा अध्ययन थालेको छ । प्राविधिक टोलिले दिएको जानकारीअनुसार बाहुनीमा पेट्रोलिय पदार्थको ठूलो भण्डारणको सम्भावना देखिएको छ । त्यहाँबाट व्यवसायीक रुमपै निकाल्न सकिने उनीहरुको भनाई छ ।
त्यसबाट हामी उत्साहित छौं । बाहुनीपछि लुम्बिनमा अध्ययन थालिनेछ । तीन वर्षभित्र विस्तृत अध्ययन नै सकेर व्यवसायीक हिसाबले पट्रोलिय पदार्थ निकाल्न सकिने जानकारी सम्भावना रहेको टोलीले मलाई बताएको छ । हामीले पनि सरकारका तर्फबाट त्यसलाई अघि बढाउन प्रतिबद्धता जाहेर गरिसकेका छौं ।
त्यसका लागि चाहिने आर्थिक जोहो गर्न मैले प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि कुरा गरेको छु, उहाँहरु त्यसका लागि सकारात्मक हुनुहुन्छ । दैलेख र मनाङमा मिथेन ग्यास खानी रहेको लगभग निश्चित भइसकेको छ । त्यसलाई सिलिण्डरमा भरेर एक ठाउँबाट अर्को लैजान सकिन्छ ।
तर, काठमडौंभित्र ठूलो परिणाममा ग्यासको भण्डारण रहेपनि त्यसलाई सिलिण्डरमा भर्न नसकिने भएकाले प्रधानमन्त्रीले भने जस्तै पाइपबाट घर घरमा पुर्याउने गरी काम थालेका छौं । विश्वका धेरै देशमा पाइबाटै ग्यासमा विरण भएको छ । चीनमा त चार हजार किलोमिटरको दूरीबाट पाइपमा ग्यास ल्याएर प्रयोग गरिएको छ । जाइकाले २५ वर्षअघि गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा ७२ ठाउँबाट ग्यास निकाल्न सकिन्छ ।
उपत्यकामा ३१ करोड घनमिटर ग्यास रहेको जाइकाको प्रतिवेदनमा उल्लेख छ । तर, काठमाडौंमा खनिएका गहिरा इनार, ट्युवेल, बोरिङबाट पनि खेर गइरहेको प्राविधिकहरुले बताएका छन् । जुन ग्यासले ० दशमलव ७५ घनमिटरका दरले २० हजार परिवारले ५० वर्षसम्म प्रयोग गर्न सक्छन् । ग्यास निकाल्नको लागि इमाडोल र पचलीमा काम सुरु भएको छ ।
– उद्योगमन्त्री सोमप्रसाद पाण्डेसँग प्रकाश ढकालले गरेको कुराकानीमा आधारित