आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ ३१ गते सोमबार तदानुसार इश्वी सन् २०१६ जुन १३ तारिख
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। हठ गर्ने बानीले समस्या निम्त्याए पनि सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अध्ययनमा त्यति समय दिन नसकिएला। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्तिमा समस्या आउला। सन्तानका माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेका निर्णयले काममा चुनौती निम्त्याउने देखिन्छ। अरूको भनाइमा विश्वास गर्दा दुःख पाइनेछ। मातृधन, पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। मनग्य धन आर्जन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राम्रै फाइदाको योग छ। शुभचिन्तकहरूले साथ दिनेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुन सक्छ। सहयोगीहरूको साथले आत्म–विश्वास बढाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त होला। कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पाइने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा लगानी बढाउने समय छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर जुट्नेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण–पोषणमा खर्चनुपर्ला। मनग्य आम्दानी भए पनि सोखले खर्च बढाउन सक्छ। मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आलस्य र कमजोरीले सताउन सक्छ। अवसर प्राप्त भए पनि काममा उत्साह नजाग्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। परिस्थितिले बाध्यतामा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। समयमा काम पूरा नहुनाले ठूलो उपलब्धि हातलागी नहुन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुन सक्क्छ। घरेलु काममै अल्झनुपर्दा मन खिन्न हुनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। सहयोगीहरूको भरपर्दा आँटेका काम तत्काल नबन्ने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आतिथ्यपूर्ण सम्मान पाइनेछ भने परिस्थितिले काममा पनि हौसला जगाउनेछ। रमाइलो जमघटमा रमाउने अवसर प्राप्त होला। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा आम्दानी प्रशस्तै बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। नयाँ भौतिक साधन जुट्नाले मन प्रफुल्लित हुनेछ।

![]() |