Latest Movie :

मस्तिष्कको क्षमता बढाउन बेसार

बिबिसी – एक अध्ययनले बेसारले मस्तिष्कको क्षमता बढाउने देखाएको छ । स्टेम सेल रिसर्च एण्ड थेरापी जर्नलमा प्रकाशित अध्ययन अनुसार बेसारमा पाइने एक तत्वले मस्तिष्क कोशिकाको बृद्धि विकास गर्छ । अनुसन्धानकर्ताका अनुसार मुसामा गरिएको यो अनुसन्धानबाट अल्जाइमर र ब्रेन स्ट्रोकको औषधि बनाउन पनि बेसार उपयोगी साबित हुनेछ ।
तापनि अनुसन्धानकर्ताले मानिसका लागि यसको प्रभावकारीता जान्न थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
जर्मनस्थित इन्स्टिच्युट आफ न्युरो साइन्स एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बेसारमा पाइने ‘टर्मेरोन’ तत्वको अध्ययन गरेका थिए । सुइको माध्यमले मुसामा ‘टर्मेरोन’ दिइएको थियो । ‘टर्मेरोन’ दिएपछि फेरी मुसाको मस्तिष्कको स्क्यान गरिएको थियो । यसले मस्तिष्कको कोशिकाको विकासका लागि मिम्मेदार एक भाग ज्यादा सक्रिय रहेको देखिएको थियो ।
अर्को एक अध्ययनमा ति अनुसन्धानकर्ताले मुसाको नर्भस सिस्टमको स्टेम सेललाई बेसारको ‘टर्मेरोन’को घोलमा डुबाएका थिए । घोलमा डुबाएका कोशिकाहरु मस्तिष्कको अन्य कुनै पनि कोशिकामा बदलिने क्षमता रहेको पाइएको थियो । अनुसन्धानकर्ता टोलिका एक सदस्य डा. मारिया एडेल रुजर भन्छिन् ‘मानिस वा अन्य कुनै विकसित प्राणिमा मस्तिष्कको ‘रिपेयर’ गर्न सक्ने क्षमता देखिदैन तर माछा र अन्य साना जिवमा यस्तो क्षमता अधिक हुन्छ ।’
अनुसन्धानकर्ताले टर्मेरोनको घोल जति गाढा बनाएका थिए मस्तिष्कको स्टेम सेलमा त्यतिनै मात्रामा विकास भएको पाएका थिए । ती कोशिकाहरु कुनै खास प्रकारका कोशिकामा परिवर्तन हुने प्रक्रिया पनि छरितो रहेको थियो । यसअघि भएको एक अध्ययनले बेसारमा पाइने ‘सर्कुमिन’ तत्व क्यान्सरका लागि लाभदायी र सूजन पनि कम गर्ने देखाएको थियो ।
.

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account