Latest Movie :

दक्षिण एसियाकै ठूलो भनिएको रुखबारे अध्ययन सुरु


दक्षिण एसियाकै ठूलो भएको दावी गरिएको धनकुटाको डाँडाँबजार गाविस लाप्चेटारस्थित बरको रुख प्रवद्र्धनका लागि अध्ययन सुरु भएको छ ।


दुई सय बर्षको अनुमान गरिएको सो रुखको प्रवद्र्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने भन्दै जिल्ला विकास समिति धनकुटाले पर्यटनका साझेदारसागको सहकार्यमा यसको अध्ययन थालेको हो । जिबिसले लाप्चेटारसम्म सडक निर्माणको काम सुरु गरेको छ । यस्तै एसियाकै ठूलो भनि आधिकारिकता प्रमाणित गर्न सम्बन्धीत निकायमा पहल थालिएको धनकुुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताउनु भयो ।

सात रोपनी क्षेत्रफल जमिन ओगटेको ऐतिहासिक सो रुखको फेदको मोटाइ १९ मिटर छ भने २ सय भन्दा बढि मुलहाागाहरु रहेको स्थानीयको दावि छ । भेडेटार, नाम्जे, डााडाबजार र राजारानी पर्यटकिय श्रृखलाको बीचमा रहेको रुख हेर्न र सोध–अनुसन्धानका लागी बार्षिक ८ हजारको हाराहारीमा पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । गत बर्ष यो रुख हेर्न भारतबाट मात्रै दुई हजार पर्यटक लाप्चेटार पुगेका थिए ।

रुख हेर्न जानेको संख्या बढ्दै गएपनि खानेपानी, शौचालय र बिश्रामस्थल ब्यबस्थापन नहुादा आगन्तुकहरु समस्यामा पर्दै आएका छन् ।

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account