Latest Movie :

कागतीका विशेष गुण: जुन तपाईलाई थाहा नहुन सक्छ

कागती एक अमिलो जातको फल हो । कागती सानो र ठूलो बिभिन्न जातको हुन्छ । यसको बोक्रा, रस एवम् बिंया तथा पात समेत विभिन्न रोगको उपचारमा काम आउँदछ ।
यसको रस, पात र बोक्रलाई ताजा रुपमा प्रयोग गर्न सकिन्छ भने बोक्रा र पातलाई सुकाएर एवम् रसलाई पकाएर अमिलो तैयार गरी चुकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
कागतीका विशेष गुणहरु
कागती अमिलो खालको फल भएपनि यो क्षारप्रधान र पित्तशामक गुणको हुन्छ ।कागतीमा रक्त शोधक, मुत्रकारक, पसिना निस्कासक, ज्वर निवारक, रेचक आदि गुण पनि रहेको हुन्छ । कागतीमा भिटामीन ‘सी’ प्रशस्त मात्रामा रहेको हुन्छ । यसको प्रयोगबाट रक्तनली सफा हुन्छ । यो पाचक गुणले पनि पूर्ण छ । कागतीको रस सर्दी एवम् गर्मी दुबै प्रकृतिको हुन्छ । गर्मीमा चिसो पानीका साथमा यसको रस प्रयोग गरेमा शीत्तलता प्राप्त हुन्छ भने तातो पानीका साथ पिएमा यसको शीत्तल गुण उष्णतामा परिणत हुन्छ । यसको बोक्रा र बिंया भने उष्ण प्रकृतिको हुन्छ । उपवासको समयमा कागतीको रस पानीका साथ पिइरने गरी केही दिनसम्म बस्दा शरीरमा विजातीय द्रव्य घट्दछ ।
विभिन्न रोगहरुमा कागतीको प्रयोग
डण्डीफोर र अनुहारको पोतोः कागतीको टुक्रालाई दिनहुँ डण्डीफोरमा सुत्नु अघि रगड्ने, रातभरि त्यसै राख्ने एवम् बिहान उठेर धुने गर्दा यसमा सुधार हुन्छ ।
गहुँको पिठो वा वेसन वा मुल्तानी माटोमा कागतीको रस मिसाई दिनहुँ अनुहारमा लेपन गरी आधादेखि एक घण्टा बस्ने र पखाल्ने गर्दा डण्डीफोर र अनुहारको पोतो पनि लाभ गर्दछ ।
कागती र मह बराबर मिश्रित गरी अनुहारमा लेपन गर्ने र २०/३० मिनेटपछि कपासले रगडेर अनुहारमा मालिश गर्दा अनु्हारको चाँयामा सुधार हुन्छ ।
कपालमा चाँया पर्ने : कागतीको रस एवम् पानी मिसाई रौंको जरा सम्म पुग्ने गरी रगड्ने र केहि बेरपछि पखाल्ने । हप्तामा २÷३ पटक यसो गर्दा कपालको चाँया हट्दछ ।
उच्च रक्तचाप र ह्दय रोग : दिनहुँ पानीमा मिसाई वा दालमा मिसाई आधादेखि एकवटासम्म कागती खाने गर्दा रक्तचापमा फाइदा गर्दछ साथै ह्दय रोगमा पनि लाभ गर्दछ ।
कब्जियत : दिशा कडा हुने र सफा नहुने समस्या छ भने दिनको एउटा कागतीलाई ४÷५ लिटर पानीमा मिसाई पटक पटक गरेर पिउने गर्दा कब्जियत हट्न सहयोग गर्दछ ।
चिलाउने समस्या : छाला चिलाउने सम्बन्धी समस्यामा कागतीको टुक्राले रगड्दै १÷२ दिनको फरक पारी नुहाउने, सफा गर्ने गर्दा फाइदा हुन्छ ।
वान्ता एवम् वाकवाकीमा : वान्ता भइरहेमा एवम् वाकवाकी लागेमा कागती काटेर चुस्ने गर्दा रोकिन सहयोग मिल्दछ ।
रक्सीको नशा हटाउन : कसैलाई रक्सी खाएर बढी नशा लागेको छ भने कागतीको टुक्रा चुसाउने वा कागती पानीको सर्बत खुवाउने गर्दा रक्सीको मात हराउछँ ।
लू चलेमा : गर्मीमा तातो हावा चल्ने भै लूको प्रकोप भएमा कागती पानीको चिसो सर्बत बारम्बार पिउँदा त्यसको असर हुदैन ।
क्यान्सरवाट बच्न : नियमित रुपले दैनिक भोजनमा केही मात्रामा कागतीको प्रयोग गरी खाँदा क्यान्सरको समस्या हुन पाउँदैन ।

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account