संस्कृतिमा नुनलाई सौभाग्यको प्रतिक मानिन्छ । विभिन्न प्रकारका दुर्भाग्यबाट बच्नका लागि एक चुट्की नुन लिएर आफ्नो बायाँ काँधको माथिबाट फ्याक्नुस् । नुनको पानीले स्नान गरेर आफ्नो शरीरलाई दुर्भाग्यबाट मुक्त गर्न सकिन्छ । आफ्नो नुहाउने तातो पानीमा मात्र दुई चम्चा नुन मिसाउने ।
सुगन्धित धूपवत्ती
नकारात्मक उर्जा र दुर्भाग्यबाट बच्नका लागि सुगन्धित धूप बाल्नु एक प्रभावकारी उपाय हो । चन्दन (टिका) वा चमेलीजस्ता कुनै तेज खुशबुको उपयोग गर्नुस् र एकभन्दा बढी बत्तीहरु बाल्दैहुनुहुन्छ भने जोर संख्या होइन् विजोर संख्यामा वत्ती जलाउनुस् ।
ऐना
तपाईको हातबाट ऐना टुटेको छ भने कहिले पनि त्यसको टुक्रा फ्याक्नुहुँदैन् । यो तपाईको सौभाग्यमा बाधक बन्न सक्छ र तपाईले सात वर्ष लामो अवधिसम्म दुर्भाग्यको सामना गर्नुपर्दछ ।
कपुर
नकारात्मक उर्जालाई समाप्त गर्नका लागि अधिकांश संस्कृतिहरुमा कैयौ मानिसहरु वर्षौदेखि कपुर जलाउँदै आएका छन् । यसरी कपुर जलाउने प्रक्रियालाई स्मजिंग भनिन्छ । कपुरको वत्ती वा सुख्खा कपुर खरिद गर्नुस् र यसलाई जलाउनुस् । जलिरहेको कपुरको धुवा घरमा फैलाउनका लागि यसलाई लिएर पुरै घर वरीपरी घुम्नुस् ।