अनुहार आकर्षक देखाउने रहर जोकोहिलाई पनि हुन्छ । आफ्नो मुहार सुकोमल पार्नका लागि विशेषगरि महिलाहरु अनेकौ प्रकारका कस्मेटिक उत्पादनको सहायता लिने गर्छन् । हुनत छाला सुकोमल तथा आकर्षशक बनाउने भन्दै अनेकौ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छ । तर यी उत्पानहरु महंगो हुनाका साथै कतिपय अवस्थामा छालालाई कुरुप समेत पार्न सक्ने हुन्छ । तसर्थ आज हामी अनुहार सुकोमल पार्न र छालामा भएका दाग, डण्डिफोरबाट छुटकारा पाउन सकिने घरेलु उपायका बारेमा जानकारी गराउँदै छौं ।
कतिपय अवस्थामा छालाको स्वरुप बिग्रिनबाट छुटकारा पाइयो भनेर ढुक्क भएता पनि छालामा दाग तथा खत भने बाँकीनै रहन्छ । अनि एउटा प्रख्यत भनाइ छ, ूयदि कुनै कुरा मुखमा हाल्न सकिन्न भने त्यसलाई अनुहारमा पनि दल्नु हुँदैनू । आज हामीले जानकारी गराउन लागेको यो घरेलु छाला लेपले पनि यो पुरानो भनाईलाई चरितार्थ गरेको छ ।
यो भरपर्दो साधारण र प्राक्रितिक लेप (फेस मास्क) थरिथरिका फाइदाजनक चिजबिजहरुको मीश्रणबाट तयार पारिन्छ । अनि यो लेपमा छालामा भएको खत तथा दागलाई निर्मुल पार्न सक्ने अनेकौ गुणहरु लुकेको हुन्छ । यो लेपको नाम यसमा प्रयोग हुने मुख्य तत्व दालचिनीबाट राखिएको छ ।
दालचिनी छालाको संपर्कमा आएपछि यसले अनौठो तथा हल्का श्रृङ्ग पार्ने खालको उत्तेजना श्रृजना गर्छ जुन केही क्षणमै हराएर जान्छ ।
दालचिनीमा फंगल तथा जिवाणु बिरुद्ध लड्न सक्ने गुण लुकेको हुन्छ । यसमा छालालाई हानि पुर्याउन सक्ने अन्य विषादी बिरुद्ध लड्नसक्ने क्षमता पनि लुकेको हुन्छ ।
यो घरेलु फेस मास्कमा प्रयोग गरिने अर्को सरदामको नाम जाईफल हो । जाईफलमा भिटामीन सी, भिटामिन ए लगायत धेरै विषादीनाशक गुण जस्तै बेटा कारोटीन तथा क्राइपटोजान्थिन लुकेको हुन्छ जुन छाला संरक्षणका लागि अति महत्वपुर्ण हुन्छ । जाईफलमा भिटामीन बी लगायत रिबोफ्लाभीन ९बी २०, फोलिक एसीड ९बी ९०, अनि नियासीन ९बी ३० को मात्रा पनि पाइन्छ ।
अरु दुई वटा सरदामहरु भनेको मह र कागतीको रस हो । महले प्राक्रितिक रुपमा छालालाई सुन्दर बनाउने काम गर्छ । यसमा जिवाणुनाशक शक्तिशाली गुण तथा छालालाई सुनिन नदिने गुण पनि आबद्ध रहन्छ ।
स्वादको दृष्टिकोणले कागतीको रस नमिठो भएतापनि यसमा भिटामीन सी को मात्रा अत्यधिक मात्रामा लुकेको हुन्छ जसले कोलाजीन भन्ने तत्व उत्पादनमा ठूलो भूमिका खेल्छ । कागतीको रसले छालाको टोनलाई प्राक्रितिक रुपले संतुलनमा राख्ने काम पनि गर्छ ।
ध्यान दिनुपर्ने कुरा के हो भने, यो घरेलु फेसियल मास्क अनुहारमा दल्दा एक प्रकारको नमिठो उत्जेना बोध हुन्छ । तर डराईहाल्नु पर्ने कुनै कारण छैन किनकि यो नमिठो उत्जेना आपसेआप केही क्षणमै हराएर जान्छ ।
आवश्यक सरदामहरु :
१. आधा चम्चा दालचिनीको धुलो
२. आधा चम्चा जाईफलको धुलो
३. एक चम्चा मह
४. एक चम्चा ताजा कागतीको रस
लेदो (मास्क) तयार पार्ने बिधि :
एउटा सानो कचौरामा यी सबै सरदामहरु मिसाउनुहोस् । सरदामको लेप तयार पार्नुहोस् । अव रुमाल तथा कपासको सहायताले लेपलाई नाक, निधार, गाला तथा चिउँडोमाथि दल्नुहोस् ।
ध्यान दिनुपर्ने कुराहरु स्
मुख तथा आँखाको नजिक लेप दल्नु भने हुँदैन । अप्ठ्यारो महसुस हुँदैन भने लेपलाई करिव आधा घण्टासम्म अनुहारमा छोडिदिनुहोस् होइन भने कमसेकम दश मीनेट सम्म लेपलाई अनुहारमा छोडिदिनुपर्छ । त्यसपछि आफ्नो अनुहारलाई मनतातो पानीले सफा गर्नुहोस् ।
सल्लाह :
यदि तपाईको छाला अति संवेदनशिल छ भने । त्यस्तो अवस्थामा कित कागतीको रस लेपमा नमिसाउनुहोस् वा महको मात्रा बढाएर मीश्रणलाई बाक्लो पार्नुहोस् ।

![]() |