Latest Movie :

बैज्ञानिकहरूले पत्ता लगाए सगरमाथा भन्दा अग्लाे चुचुराे, सगरमाथाकाे ताज गुम्ने खतरा (भिडियाे सहित)


एजेन्सी ८ जेठ – विश्वको सर्वोच्च शिखर सगरमाथाकाे ताज खतरामा परेकाे छ । सगरमाथा भन्दा अग्लाे अर्काे एक चुचुराे बैज्ञानिकहरूले पत्ता लगाएपछि  विश्वको सबैभन्दा अग्लो शिखरको रुपमा सगरमाथाले पहिरिँदै आएको ताज खतरामा परेकाे हाे ।वैज्ञानिकहरुले विश्वको सर्वोच्च शिखरको ताज सगरमाथाबाट खोसेर अफ्रिकी मुलुक इक्वेडरको चिम्बोराजो पर्वतलाई दिइनुपर्ने बताएका छन् । पृथ्वीको केन्द्रबाट मापन गर्न चिम्बोराजोको उचाइ सगरमाथाको उचाइ भन्दा २ माइल बढि पाइएको छ । पृथ्वीको केन्द्रबाट चिम्बोराजोको उचाइ ३ हजार ९६७ माइल रहेको छ भने सगरमाथाको उचाई ३ हजार ९६५ माइल रहेको छ ।
बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार पृथ्वी पूर्ण गोलाकार नभएको र भूमध्यरेखिय क्षेत्रमा बढि फुकेको भएको कारणले गर्दा भूमध्य रेखिय क्षेत्रको नजिक पर्ने चिम्बोराजोको उचाई पृथ्वीकेा केन्द्रबाट निकै बढ्न पुगेको हो । पृथ्वीको भुमध्यरेखिय क्षेत्रको अर्धव्यास ध्रुविय क्षेत्रको भन्दा १३ माइल बढि छ । सगरमाथा पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ । जबकी समुद्री सतहबाट भने सगरमाथाको उचाई २९ हजार २८ फिट छ । सगरमाथा भन्दा ८ हजार ५२९ फिट होँचो चिम्बोराजोको उचाइँ भने जम्मा २० हजार ५ सय फिट रहेकेा छ ।
everest
फ्रान्सको इन्स्टिच्युट डी रिचर्से पोर ले डेभलपमेन्ट नामक संस्थाले गरेको पछिल्लो मापन अनुसार चिम्बोराजोको चुचुरो पृथ्वीको केन्द्रभन्दा ३ हजार ९६७ माइल अग्लो रहेको छ । यदि पृथ्वीको केन्द्रबाट मापन गर्ने हो भने ३ हजार ९६५ माइल अग्लो सगरमाथा त विश्वका अग्ला २० शिखरहरु भित्र पनि पर्दैन । चिम्बोराजो हिमाल आरोहण सुरु भएको २८० औँ वर्षगाँठका अवसरमा यो तथ्यांक सार्वजनिक गरिएको छ । चिम्बोराजोको आरोहण सन् १७३६ मै सुरु भएको थियो ।
गत फेब्रुअरीमा फ्रान्सको उक्त संस्थाको अगुवाइमा शोधकर्ताहरुको एक टोलीले चिम्बोराजो हिमालको सफल आरोहण गरेको थिया । शोधकर्ताहरुको चिम्बोराजोको चुचुरोमा २ घण्टा बिताएर स्याटेलाइट डाटाहरु संकलन गरेका थिए ।
आरोहण सकेर हिमालको फेँदीमा आइसकेपछि शोधकर्ताहरुले चिम्बोराजो हिमाल पृथ्वीको केन्द्रबाट झण्डै ६३ लाख ८४ हजार ४ सय १५ अग्लो रहेको पत्ता लगाउन सफल भए । यो सँगै उनीहरुले चिम्बोराजो सगरमाथा भन्दा अग्लो रहेको निष्कर्ष निकालेका छन् ।
यसबारे केही अन्तर्राष्ट्रिय मिडियाहरूले यस्ता समाचार लेखेका छन् – तलकाे लिङ्कमा हेर्नुस्…….
एजेन्सीकाे सहयाेगमा  Bigulnews

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account