Latest Movie :

चम्ल्याहाको परिवारलाई सहयोग गर्न पूर्व मुख्य सचिवको अपिल

काठमाडाैं-धुर्कोट-जैसिथोक रातोपोखरा–२, गुल्मीकी २६ बर्षीया गिता कुँवर चारवटा (चम्ल्याहा) सन्तान जन्माएपछि खुसी र चिन्तामा छिन्। चार सन्तान जन्मेका र चारैजना स्वस्थ रहेकोमा उनी खुसी छन्। तर चार सन्तान हुर्काउन र उनीहरूको भविष्यको चिन्ताले गीता पिरोलिएकी छिन्।

पाल्पा तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा पुष ३० गते चम्ल्याहा जन्माएका हुन्। जन्मेकामध्ये दुई छोरा दुई छोरी छन्।
पूर्व मुख्य सचिवको सार्वजनिक अपिल
पूर्व मुख्य सचिव लिलामणी पाैडेलले गीताको परिवार चम्ल्याहा बच्चा हुर्काउने चिन्ताले पिरोलिएको भन्दै सहयोगको अपिल गरेका छन्। उनले अाफ्नो फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै सहयोगको अाव्हान गरेका छन्। पाैडेलले अाफ्नो तर्फबाट चारहजार सहयाेग रकम सहयोग गर्ने जनाउँदै इच्छुक व्यक्ति र संस्थाहरूलाइ अार्थिक र अन्य सहयोग गर्न अाग्रह गरेका छन्।

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account