Latest Movie :

मकवानपुरको भवाङमा प्रहरीमाथि आक्रमण, आत्मरक्षाका लागि १७ राउण्ड हवाइफायर

२१ मंसिर, हेटौंडा । मकवानपुरको नामटारमा गाँजाखेती फँडानी गर्न गएका प्रहरीमाथि आक्रमण भएको छ । आत्मरक्षाका लागि प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको ५१ जना प्रहरीको टोलीमाथि नामटार-६ भवाङमा आक्रमण भएको हो । गाँजा फँडानीका लागि भवाङको डाँडो चढ्दै गरेका प्रहरीलाई लक्षित गरी ढुंगा हान्नुका साथै केही राउण्ड फायरिङसमेत गरेपछि प्रहरीले १७ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरिक्षक मिरा चौधरीले जानकारी दिइन् ।
उनले प्रहरीमाथी आक्रमण गर्ने व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिइन् ।
स्थानीय यमराज व्लोनले भने भवाङबासीले नभई भवानीपुर गाउँका केहि युवाहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account